बाजुरा-बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ।
आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो।
भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गर्नुभएको छ। कूल सात हजार ४६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो।
निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित हुनुभएको थियो। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
प्रतिक्रिया