अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा बन्यो बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीद्वारा आइतबार उद्घाटन हुँदै

दमकमा बन्यो बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीद्वारा आइतबार उद्घाटन हुँदै


काठमाडौं-दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका-३ दापगाछीमा रु.१ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो। व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उहाँले बताउनुभयो।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गर्नु भएको थियो।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर-४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ। उहाँका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो।