अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ: प्रधानमन्त्री ओली

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ: प्रधानमन्त्री ओली

तस्वीरमा हेर्नुहोस्


झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ।

झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषद्को २९औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना-साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई आधुनिक बनाउदै निरन्तरता दिन आग्रह गर्दै सो समाजका मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिनुभयो।

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो।

सबै तस्वीरः प्रधानमन्त्री सचिवालय