काठमाडौँ-बाराको पञ्चवर्षीय मेलाबाट फर्किंदै गरेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। गएराति रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु हो। घटनामा अन्य पाँचजना घाइते भएका छन्।
दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन्।
दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ।
प्रतिक्रिया