अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनदेखि प्रधानमन्त्री ओली झापामा, मौसम खराब हुँदा काठमाडौँ उडानमा ढिलाइ

तीन दिनदेखि प्रधानमन्त्री ओली झापामा, मौसम खराब हुँदा काठमाडौँ उडानमा ढिलाइ


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गृहजिल्ला झापामा हुनुहुन्छ।मंसीर २३ गते आइतबार बिहान १० बजे गृहजिल्ला झापामा पुग्नभएका प्रधानमन्त्री ओली आज काठमाडौँ फर्किंने कार्यक्रम छ।

मंगलरबार बिहानै काठमाडौँ फर्किने तालिका भए पनि मौसम खराब हुँदा प्रधानमन्त्रीको काठमाडौँ फिर्तिमा ढिलाइ भएको उहाँको सचिवालयले जनाएको छ। 

काठमाडौँ फर्किन प्रधानमन्त्री ओली अहिले भद्रपुर विमानस्थलमा आइपुग्नुभएको छ। पौने १० बजेको उडानबाट काठमाडौँ फर्किने तालिका भए पनि भद्रपुर क्षेत्रमा बाक्लो हुस्सु लागेको कारण अहिलेसम्म हवाई उडान हुन सकेको छैन। 

आइतबार र सोमबार झापामा रहँदा प्रधानमन्त्री ओली आठवटा औपचारिक कार्यक्रममा सहभागी भएका उहाँको सचिवालयले जनाएको छ। 

यसबीचमा प्रधानमन्त्री ओली दमकमा निर्मित बहुचर्चित बिजनेस भवनको उद्घाटन गर्नुभएको छ। त्यसैगरी मानव सेवा आश्रमको शिलान्यास तथा उद्घाटन, केर्खामा नेपाली सेनाको कार्यक्रममा सहभागी, दमकको बेलडाँडी खानेपानी आयोजनाको उद्घाटन, धनी पूर्जा वितरण, ताजपुरिया समाज कल्याण परिषद्को कार्यक्रममा सहभागी, विर्तामोडमा कार्यकर्ता भेला लगायतका कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्। 

मंसीर २४ गते सोमबार एमाले झापा जिल्ला कमिटील बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा नहुनेमा उहाँको जोड थियो। 

पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरुपमा उच्च नैतिकता कायम गर्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो। ‘हामी देशका लागि केही गर्छौँ, परिवर्तन गछौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ। परिवर्तन ल्याउन साना प्रयासले हुँदैन। ठूला प्रयास गर्नुपर्छ,’ उहाँले भन्नुभयो ‘यो काम एमालेले मात्रै गर्न सक्छ। अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ।’

उनलले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मनमुटावलाई सार्वजनिक रुपमा टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो।

बीआरआई​बाट देशलाई लाभ हुन्छ
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउनु भयो।

हाललाई बीआरआईमार्फत् देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएको उहाँको भनाई छ। 

‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ। विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ। कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ। बीआरआइलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ। हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ।’