काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाउनु भएको हो।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
याे मन्त्रिपरिषद्को नियमित बैठक हाे। हरेक साताकाे साेमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकाे छ।







प्रतिक्रिया