काठमाडौं-दलालको प्रलोभनमा परी युक्रेन पुगेर नौ महिनादेखि सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ।
तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसीले बताउनुभयो।
उहाँका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ। उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्नेछन्।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए। उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए।
अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके २७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले जानकारी दिनुभयाे।
उनीहरूको उद्धारका लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँललगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई अध्यक्ष केसीले धन्यवाद दिएका छन्।







प्रतिक्रिया