अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केबुलकार निर्माणको विषयमा ग्लोबल आईएमई बैंकको गलत प्रचार गरियो: कार्यकारी निर्देशक पौडेल

पाथीभरा केबुलकार निर्माणको विषयमा ग्लोबल आईएमई बैंकको गलत प्रचार गरियो: कार्यकारी निर्देशक पौडेल


काठमाडौँ-नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले पाथीभरा केबुलकारको निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकको गलत प्रचार गरिएको बताउनुभएको छ।

बिहीबार सामाजिक सञ्जालमार्फत कार्यकारी निर्देशक पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताउनुभएको हो।

कार्यकारी निर्देशक पौडेलले सामाजिक सञ्जालमा लेख्नहुन्छ, ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो । कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न संलग्न नहुँदा राम्रो।’

पछिल्लाे समय पाथीभरा केबुलकारको विरोधमा रहेको समूहले सामाजिक सञ्जालमार्फत ग्लोबल आईएमई बैंकको गलत प्रचार अभियान चलाइरहेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानी भएको भन्ने आधारमा बैंकमाथि नै सामाजिक सञ्जालमार्फत अभियान चलाइएको सन्दर्भमा राष्ट्र बैंकबाट यस्तो प्रतिक्रिया आएको हो।