अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन: चन्द्र ढकाल

केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन: चन्द्र ढकाल


काठमाडौं-उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपार्ने बताउनु भएको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताउनु भएको हो।

अध्यक्ष ढकालले भन्नुभयो, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ। यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्थामा खलबलाउने खालको काम गरेको छैन । यो गलत हो ।’

अध्यक्ष ढकालले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताउनु भयो।

अध्यक्ष ढकालले भन्नुभयो, ‘केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं । कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुँदैन ।’

केबलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले पाथीभरामा पनि त्यसको निर्माण गरेको अध्यक्ष ढकालको भनाई छ । अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौं । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पु¥याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबरकार बनाएको हो ।’