काठमाडौं-गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहको वार्ता सुरु भएको छ।
सोमवार साँझ सवा ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी रहेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी हुनुहुन्छ।
त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत कबिर १० जनाको उपस्थितिमा वार्ता सुरु भएको जनाइएको छ।







प्रतिक्रिया