अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय किट कलेजमा भएको विद्यार्थीको मृत्युको अवस्था बुझन् प्रहरीका दुई अधिकारी दिल्लीमा

भारतीय किट कलेजमा भएको विद्यार्थीको मृत्युको अवस्था बुझन् प्रहरीका दुई अधिकारी दिल्लीमा


काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको घटना र विकसित परिस्थितिलाई फलोअप गरेको बताउनुभएको छ ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनालाई निरन्तर रुपमा फलोअप गरिरहेको मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।
ुमैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु,ु परराष्ट्रमन्त्री राणाले भनेकी छन्,ुयस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि उनले उल्लेख गरेकी छन्।