अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापति देउवा भारत जानुहुँदै

कांग्रेस सभापति देउवा भारत जानुहुँदै


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जानु हुने भएको छ। उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर सभापति देउवा भारत जान लाग्नुभएको हो।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन सभापति देउवा भारत जान लाग्नुभएको हो। उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ।

उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन्। समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ।

४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ