दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचाल्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ।
एमालेको वडाकेन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पश्चगामीहरू सल्बलाउन थालेको बताउनु भएको हो।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गर्नुभयो।
महासचिव पोखरेलले भन्नभयो, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ । अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ।’







प्रतिक्रिया