काठमाडौं-भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि निकालिएका एकसय जना बढी विद्यार्थी नेपाल आइपुगेका छन् ।
९६ जना विद्यार्थीहरू रक्सौल नाकाबाट नेपाल आइपुगेका हुन्। प्रहरीले उनीहरू घरघरसम्म लैजाने व्यवस्था मिलाएको बताइएको छ। यस्तै काँकडभिट्टा नाका र विराटनगरबाट पनि पाँचजना विद्यार्थी नेपाल आएका जानकारी दिइएको छ।
फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन्। उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन्। फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग आफूहरुलाई न्याय चाहिएको बताएका छन्। यस्तै सोही कलेजबाट निकालिएकामध्ये १६ नेपाली विद्यार्थी झापाको काँकरभिट्टटा नाकाबाट स्वदेश फर्किएका छन् । उनीहरू आज बिहानको राति १ बजे झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन्।
केआइआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएको बताइएको छ । घर फर्किनेहरू सप्तरी राजविराज-२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह, आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह, नवीन मण्डल रहेका छन्।
त्यस्तै सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौं–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौँ–१३ ताहाचलका पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का बिकेश श्रेष्ठ छन् । काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







प्रतिक्रिया