काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएको छ।
काठमाडौंमा आज टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेशन्स इनसाइट्स अन पोलीसि एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्रालयले यो वर्ष भित्र दुरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याइ छाड्ने बताउनु भएको हो।
‘मैले यो वर्ष जसरी पनि दूरसञ्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा गर्छु र सदनमा पुर्याउछु,’ सञ्चार मन्त्री गुरुङले भन्नुभयो, ‘नीति र ऐन परिमार्जन नगरी दूरसञ्चारको कार्यशैलीमा रूपान्तरण ल्याउन कठिन छ।’
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जनसँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताउनुभयो।
सञ्चार मन्त्री गुरुङलेले फोजीलाई देशभर पुर्याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको सुनाउनुभयो। अबको पुस्ता प्रविधिको गति सँगै हिँडेन भने विकासको दृष्टिलेपछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिजिटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रित रहेको विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै सञ्चार सचिव राधिका अर्यालले दूरसञ्चार ऐन र नियमावली परिमार्जन गर्ने आवश्यक महसुस गरिएको बताउनुभयो। टेलिकमको सेवालाई परिमार्जन गरेर इनोभेटिवस सर्भिस अपनाउँदा प्रभावकारी हुने धारणा राख्दै सचिव अर्यालले दूरसञ्चार सुध्रिण गर्न सरकार सधैँ तत्पर रहेको बताउनुभयो।







प्रतिक्रिया