अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय सरकारका योजनालाई प्रदेश र केन्द्रले सहयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली

स्थानीय सरकारका योजनालाई प्रदेश र केन्द्रले सहयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा लगातार अगाडि बढिरहेको बताउनु भएको छ।
आइतबार धनगढीमा धनगढी सभागृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धनगढी सभा हल निरन्तर विकासको प्रमाण भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले देश विकासको काममा योगदान पुर्‍याउन पनि सबैलाई आह्वान गर्नुभयो। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेलाई केही वर्ष यताको विकासलाई हेर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले सडक, पुल, सिँचाई, कलेज, विश्वविद्यालय, स्वास्थ्य, आर्थिक, सामाजिक हरेक हरेक क्षेत्रका विकास भएको बताउनुभयो। ‘केही भएको छैन भन्ने होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले विकासका काममा स्थानीय सरकारले अघि बढाएका योजनालाई प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्ने बताउनुभयो। तपाईँहरू योजना अगाडि बढाउँदै जानुस्, काम अगाडि बढ्दै जाने छन्, हामी काम अगाडि बढाउँदै लैजाने छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै नेपाली मिलेर देश विकास गर्नुपर्ने बताउनुभयो। ‘देश विकास हुन्छ, हामी गर्छौँ देश विकास, हामीले गर्ने हो देशको विकास, अरू कसैले आएर गर्ने होइन, हामी भनेको हामी सबै नेपालीले मिलेर गर्छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।