अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता


काठमाडौं-गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ।

भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गर्नुभएको हो। भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो।

आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भाजपाका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताउनुभयो।

भेटका अवसरमा कोश्यारीले नेपाल र भारतबीच सदियौंँदखि सम्बन्ध रहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिनुभयो।