अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीका सदस्यलाई क्षमतावान् बनाउन बनाउँछौँ: अध्यक्ष पाण्डे

प्रेस चौतारीका सदस्यलाई क्षमतावान् बनाउन बनाउँछौँ: अध्यक्ष पाण्डे


काठमाडौं-प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले संगठन बलियो हुनलाई वैचारिक र व्यावसायिक सदस्य हुनुपर्ने बताउनुभएको छ। 

दोलखाको जिरीमा प्रेस चौतारी नेपाल वाग्मती प्रदेशको दोस्रो बैठकमा बाल्दै पाण्डेले त्यसैले प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षणको वर्षका रूपमा अघि बढाएको बताउनुभयो। प्रेस चौतारी नेपालका सदस्यको वैचारिक, क्षमतावान् र व्यावसायिक पत्रकार उत्पादनको लागि देशभर तालिम सञ्चालन गरिने पाण्डेले स्पष्ट पार्नुभयो।  

प्रेस चौतारीमा आबद्ध पत्रकारहरूलाई संगठन, पार्टी र अहिलेको अवस्थाको बारेमा विशेष प्रशिक्षण आवश्यक रहेको पाण्डेको भनाइ छ।  प्रशिक्षित कार्यकर्ता मात्र प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनुभयो। 

प्रेस चौतारी नेपालले विश्वका २५ भन्दा बढी देशका कम्युनिष्ट पार्टीका पत्रकारहरूसँग सम्बन्ध विस्तार गर्न यो वर्ष अन्तर्राष्ट्रिय मिडिया फेस्टीवल गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

चौतारीले पार्टीले सञ्चालन गर्ने गतिविधिको समाचार लेख्न प्रत्येक जिल्लामा एक जना र सामाजिक सञ्जालबाट पार्टीमाथि भइरहेको घेराबन्दी चिर्न हरेक जिल्लामा तीन जना प्रेस चौतारीकर्मी परिचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल लामो सङ्घर्ष र धेरै दुःख पार गरेर आएको संगठन भएको बताउनुभयो । त्यसैको प्रतिफल अहिले संगठन सफलताको सिँढीमा उक्लिएको उहाँले सुनाउनुभयो । ‘इतिहासमा प्रेस चौतारी नेपालले धेरै पटक हारिसकेको छ, अहिले जितको सुनौलो समय सुरु भएकाले सबै एकताबद्ध भएर लागौँ’, उहाँले भन्नुभयो । 

 संगठनमा नेतृत्व, नियन्त्रण र सञ्चार महत्त्वपूर्ण हुने भएकाले यो विषयलाई बुझेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।  संगठनलाई बलियो बनाउन शुद्धीकरण र सुदृढीकरण अत्यावश्यक भएको उहाँको भनाइ छ ।

पछिल्लो समय सञ्चार गृह र पत्रकारमाथि घोषित रूपमै आक्रमणका घटनाहरू भइरहेकोले सचेततापूर्वक काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मिडिया कसैको नियन्त्रणमा हुन नहुने उहाँको स्पष्ट धारणा छ ।