काठमाडौं – नेकपा एमालेको बौद्धिक बैंक मानिने नेपाल बौद्धिक परिषदको ११ औँ महाधिवेशनबाट अध्यक्षमा ईन्जिनियर गजेन्द्र थपलिया विजयी हुनुभएको छ। थपलियाले १५४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी डा.दिपेन्द्र भण्डारीले १०४ मत पाउनुभएको छ ।
उपाध्यक्षमा गोविन्द बहादुर शाही र राधा अधिकारी निर्वाचित हुनुभएको छ । महासविमा डा.दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । उपमहासचिवमा शुसिल बिके,तीजना सचिवमा क्रमश डा.अर्जुन कुमार सिंह,डा.लाक्पा शेर्पा,डा.टिका ढकाल र कृष्णकुमार लम्साल निर्वाचित हुनु भएको छ ।
जेठ १७ र १८ गते भएको महाधिवेशनले ९९ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
महाधिवशेनको उद्ध्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धिजीवी परिषदको नाम परिर्वतन गर्न निर्देशन दिनुभएको थियो । जस अनुसार परिषदको नाम अब नेपाल बौद्धिक परिषद राखिएको छ । अध्यक्ष मण्डलका एक सदस्यका अनुसार महाधिवेशनबाट पारित विधानमा संगठनको नाम नेपाल बौद्धिक परिषद भनेर उल्लेख गरिएको छ ।
विकास विज्ञका रुपमा अध्यक्ष थपलियाले बौद्धिक वर्गको विवेकपूर्ण निर्णयले आफू नेतृत्वमा निर्वाचित भएको बताउनुभएको छ । थपलिया प्रधानमन्त्री केपी शर्मा ओलीका यस अघिका दुवै कार्यकालमा विकास विज्ञको रुपमा उहाँको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । महासचिवका रुपमा हरेक १५ दिनमा सञ्चालन कार्यलयमा उहाँले समसामयिक विषयहरुमा बौद्धिक विमर्श सञ्चलन गर्ने कार्यलाई उहाँले अघिल्लो कार्यकलभरी निरन्तरता दिनुभएको थियो ।
महासचिवमा निर्वाचित डा.श्रेष्ठ बागमती प्रदेश योजना आयोका सदस्य हुनुहन्छ । पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सचिवालयमा लामो समयसम्म काम गर्नुभएका डा.श्रेष्ठ सुक्ष्मजीव विज्ञ विज्ञ हुनुहुन्छ ।
प्रतिक्रिया