काठमाडौँ-प्रमुख दलका तीन शीर्ष नेताबीच अहिले सिंहदरबारमा छलफल हुँदैछ। प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेको विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाएको छ। साथै, समसामयिक विषयमा छलफल हुने बताइएको छ। त्यसपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएकाे छ।
प्रतिक्रिया