काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को तेस्रो सत्रको वक्ताका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ सहभागी हुने भएका छन्। डा. श्रेष्ठ बैंकिङ्ग समाचार डटकमको आयोजनामा २०८२ जेठ २२ गते बिहीवार हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।
हाल राष्ट्रिय योजना आयोगका सदस्य रहेका उहाँले प्रदेश योजना आयोगको समेत अनुभव बटुलिसकेका छन्। श्रेष्ठले पाटन मल्टिपल क्याम्पसबाट अर्थशास्त्र र गणित विषयमा बीए गरेका छन्। सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका श्रेष्ठले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। यस्तै, वित्त विषयमा स्नातकोत्तर गर्नुका साथै तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, न्यूयोर्कबाट विद्यावारिधि गरेका छन्।
बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव सँगालेका डा. प्रकाशले विभिन्न पुरस्कार र छात्रवृत्ति पनि प्राप्त गरिसकेका छन्। डा.श्रेष्ठले २७ वर्ष अघि सहायक निर्देशकको भूमिकामा राष्ट्र बैंकको जागिर सुरु गरेका थिए। उहाँले २०५४ साल मंसिर २३ गतेदेखि केन्द्रीय बैंकमा जागिर सुरु गरेका हुन्। राष्ट्र बैंक प्रवेशको ८ वर्षपछि उप-निर्देशक पदमा बढुवा भएका डा. श्रेष्ठ त्यसको केही समयमा नै निर्देशक बने। राष्ट्र बैंकमा निर्देशकका रूपमा काम गर्दै गर्दा उनी सार्क फाइनान्सको समन्वयक समेत बनेका थिए ।
यस्तै, लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्ष बनिसकेका छन्। यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभाग लगायतकोको कार्यकारी निर्देशक हुँदै विभिन्न विभागको नेतृत्व गरिसकेका छन्। बैंकिङ्ग क्षेत्रमा विज्ञता हासिल गरेका उहाँले अर्थमन्त्रीका सल्लाकारका रुपमा पनि काम गरिसकेका छन्।
राष्ट्रिय बैंकिङ्ग इन्स्टिच्युटको अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक सदस्य बनेर काम गरिसकेका छन्। यस्तै, संयुक्त राष्ट्र संघको एशिया प्यासिफिक क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगमा अनुसन्धानकर्ताकारुपमा काम गरिसकेका छन्। यसबाहेक, उहाँले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय अर्थशास्त्र विभागमा एमफिल गरिरहेका विद्यार्थीहरूलाई वित्तीय अर्थशास्त्र अध्यापन समेत गराएका छन् भने ‘द न्यू स्कूल फर सोशल रिसर्च, न्यूयोर्क’मा शिक्षण सहयोगीको भूमिकामा काम गरेको अनुभव सँगालेका छन् ।
डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने छन्। उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ।
‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या:समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिस्आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।
प्रतिक्रिया