काठमाडौं-नेकपा एमालेले अहिले ‘झोले’ अभियान चलाइरहेको छ। प्रधानमन्त्री केपी ओलीले यो अभियानको सुरुआत गर्नुभएको थियो।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने तस्बीसहित सार्वजनिक गरेपछि अहिले पार्टीका अन्य नेता र कार्यकर्ताले पनि त्यही फलो गरेका छन् ।
यसै सन्दर्भमा, एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि जवाफ दिनुभएको छ। महासचिव शंकर पोखरेलले एमालेका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्दै ७ बुँदे प्रष्टीकरण दिनुभएको छ।
महासचिव पोखरेलले भन्नुभएको छ, ‘आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि नेकपा (एमाले) को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ। प्रतिकृयावादीहरूले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिस्ट विरोधीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ।’
७ बुँदे प्रष्टीकरण
१. मार्क्सवादी दर्शन : द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता
४. नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति
५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता
६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा
७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
प्रतिक्रिया