अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग जत्तिको स्पष्ट विचार र दृष्टिकोण अरू राजनीतिक दलसँग छैन: डा. राजन भट्टराई 

एमालेसँग जत्तिको स्पष्ट विचार र दृष्टिकोण अरू राजनीतिक दलसँग छैन: डा. राजन भट्टराई 


भक्तपुर-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले एमालेसँग समृद्धिको बाटोमा अघि बढ्ने स्पष्ट दृष्टिकोण भएको बताउनुभएको छ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै नेता भट्टराईले एमाले जत्तिको स्पष्ट विचार र दृष्टिकोण नेपालका कुनै पनि राजनीतिक दलसँग नरहेको बताउनुभयो। पार्टीको विचार र दृष्टिकोण जस्तोको तस्तै जनताको बिचमा लैजानु नेता, कार्यकर्ताको दायित्व भएको उहाँले बताउनुभयो। ‘नीति, कार्यक्रम, कार्य योजनाको हिसाबले एमालेसँग जत्तिको स्पष्ट दृष्टिकोण अरू राजनीतिक दलसँग छैन’, उहाँले भन्नुभयो।

एमाले विरुद्ध झुटा आरोप लगाएर नेतृत्व माथि आक्रमण भइरहेको भट्टराईले बताउनुभयो। यो आक्रमण किन भइरहेको छ भन्ने कुरा जस्ताको तस्तै बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो। ‘समस्या कहाँ हो, समाधान त्यहीबाटै खोजिनु पर्छ, सबैभन्दा पहिलो समस्या पार्टी भित्रै छ, समाधान पनि पार्टी भित्रै खोजिनु पर्छ, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टी पंक्ति जिम्मेवार भएर लाग्नु पर्छ’, नेता भट्टराईले भन्नुभयो।

एमाले राष्ट्रियताको पक्षमा प्रतिबद्ध पार्टी भएकाले प्रतिक्रियावादीको आक्रमणको निशाना बनेको बताउनुभयो। देश भक्तिका झण्डा बोकेको पार्टी र त्यसको नेतृत्व माथि आक्रमण हुँदा मौन बस्न नहुने उनको धारणा छ।

एमालेले सरकारको नेतृत्व गरिरहँदा मुलुकलाई घाटा हुने काम कहिल्यै पनि कुनै पनि नाममा नगरेको उहाँले दाबी गर्नुभयो। एमालेले गरेका राम्रा कामको प्रचार नगर्ने प्रवृत्ति एमाले पंक्ति भित्र रहेसम्म हामीले केही गर्न नसक्ने उहाँले बताउनुभयो।
प्रतिक्रियावादीहरू एमाले विरुद्ध सामाजिक सञ्जालमा सलबलाइरहेकाले उनीहरूलाई सामाजिक सञ्जालबाट नै प्रतिवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पार्टीका राम्रा कामको फेहरिस्त सार्वजनिक गर्न समेत हात कमाउनेहरूबाट पार्टीको काम हुन नसक्ने भट्टराईको धारणा छ।