अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका राजनीतिक दलमध्ये एमाले सबैभन्दा बढी समृद्धिका लागि काम गर्ने पार्टी हो: शंकर पोखरेल

नेपालका राजनीतिक दलमध्ये एमाले सबैभन्दा बढी समृद्धिका लागि काम गर्ने पार्टी हो: शंकर पोखरेल


भक्तपुर-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले विकास र समृद्धिका लागि देशमा काम नै गर्न नपाएको बताउनुभएको छ। 

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै महासचिव पोखरेलले नेपालमा राजनीतिक दलले जम्मा १५ वर्ष मात्र काम गर्न पाएका बताउनुभयो। बाँकी सबै समय यो देशमा राजतन्त्रले राज गरेका बताउँदै उहाँले  राजनीतिक दलले छोटो समयमा पनि धेरै काम गरेका दाबी गर्नुभयो। ‘नेपालका राजनीतिक दलले छोटो समयमा देश विकासको लागि उल्लेख्य काम गरेका छन्’, महासचिव पोखरेलले भन्नुभयो। 

महासचिव पोखरेलले नेपालका राजनीतिक दलमध्ये एमाले सबैभन्दा बढी देशको समृद्धिका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभयो। उहाँले नेकपा एमालले राम्रो काम गरेकै कारण एमाले माथि आक्रमण भइरहेको बताउनुभयो। 

एमाले माथि राजवादी, मण्डले, आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट विरोधी,  लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले सामूहिक रूपमा माथि आक्रमण गरिरहेका पोखरेलले बताउनुभयो । उनीहरूले एमाले हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने देखेर एमाले माथि सामूहिक आक्रमणको प्रयास गरिरहेका पोखरेलको भनाइ छ ।  
एमालेले देशका लागि धेरै काम गरेको भए पनि अझै धरै गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि अनुकूल वातावरण नबन्दा एमालेले सोचे जति काम गर्न नसकेको उहाँको भानाइछ । ‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता देश विकासमा बाध बनेको छ’, उहाँले भन्नुभयो । 
त्यसले एमालेले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन चाहेको उहाँले बताउनुभयो । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सकार आवश्यकता रहेको उहाँले सुनाउनुभयो । एमालेको एकल सरकार नबन्दासम्म एमालेको नीति जति राम्रो भए पनि नेतृत्व जतिसुकै सबल भए पनि त्यसलाई देशको समृद्धमा प्रयोग गर्न नसकिने पोखरेलले बताउनुभयो । त्यसैले प्रचारको कामलाई सबल बनाइ एमालेको मिसन २०८४ लाई सफल बनाउने काममा लाग्न उहाँले आग्रह गर्नुभयो ।