झापा- कोशी प्रदेशमा रहनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले साँझ झापा पुग्नु भएको छ ।
भोली देखि सुरु हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधी प्रदर्शनीको उद्ध्घाटन गर्न भण्डारी झापा पुग्नु भएको हो । नेकपा एमालेको विज्ञान तथा प्रविधी विभागले आयोजना गरेको सो प्रदर्शनी देवी मावि विर्तामोडमा आयोजना गरिने एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं विभागका प्रमुख गणेश पोखरेलले जनकारी दिनुभयो ।
विरानगरमा देशैभरीका उपप्रमुखहरुको भेला उद्घाटन गरेर झापा पुग्नु भएकी भण्डारीलाई पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राई,एमाले झापाका अध्यक्ष प्रेमबहादुर गीरी,अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले ,विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं,पार्टीका उपाध्यक्ष शिव ढुंगेलल लगायतले स्वागत गर्नुभएको थियो ।
विज्ञान प्रदर्शनीको उद्घाटनपछि भण्डारीले नारी सञ्चार गृहले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागिता जनाउनु हुने उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया