अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसको नीति तथा कार्यक्रम : जनसंख्यिक लाभांसलाई सदुपयोग गर्दै एक वर्षमा १ लाख युवालाई रोजगारी दिइने

मधेसको नीति तथा कार्यक्रम : जनसंख्यिक लाभांसलाई सदुपयोग गर्दै एक वर्षमा १ लाख युवालाई रोजगारी दिइने



जनकपुर- मधेस प्रदेशले माव स्रोतको रुपमा रहेको युवा जनसंख्यालाई उपयोग गरेर प्रदेशमा समृद्धि हासिल गर्ने कार्यक्रम अघि सारेको छ ।
मधेस प्रदेश सरकारले तयार गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा जनसंख्यिक लाभांसलाई उच्च महत्व दिंदै यसको पूर्ण सदुपयोग गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रष्तुत गरेको नीति कार्यक्रममा श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई लक्षित गरी गरिखाने अभियान सञ्चलन गरिने उल्लेख छ । नीति कार्यक्रमा बुँदा नं ७.२६ मा बैद्येशिक रोजगारीमा जाने तथा फर्किने श्रकिहरुको तथ्यांक संकलन गरी डिजिटल प्रणालीमा व्यवस्थित गरिने उल्लेख छ । नीति कार्यक्रममा नीति कार्यक्रममा प्रदेशमा रहेको जनसंख्यिक लाभांस उपयोग गरी श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई नविन उद्यम मार्फत गरिखाने अभियान सञ्चालन गरिने उल्लेख छ ।
बैदेशिक रोजगारीलाई निरुत्साहित गरेर प्रदेशमै रोजगारीका अनन्त सम्भावना खोज्नेतर्फ पनि नीति कार्यक्रम केन्द्रित रहेको छ । प्रदेशमा आगामी एकवर्ष भित्र १ हजार युवालाई रोजगारी उपलब्ध गराउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । हर हाथ मे सीप,हर घर मे रोजगार,सीपयुक्त युवा मधेस समृद्धि के आधार भन्ने कार्यक्तम अन्तरगत आागमी आर्थिक वर्षमा १ लाख युवालाई रोजगारी दिने नीति कार्यक्तममा उल्लेख गरिएको छ ।