काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज एक सामुदायिक अस्पताल उद्घाटन गर्न मोरङ जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री विहान ११ बजे विराटनगरतर्फ जानुहुनेछ ।
मोरङको कटहरीमा जीवन विकास समाजले निर्माण गरेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने भएको हो । प्रधानमन्त्रीले दिउसो १२ बजे अस्पताल उद्घाटन गर्नुहुनेछ ।
मोरङ क्षेत्र नं ५ का साँसद एवं जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलका अनुसार २ अर्ब लगानीमा २ सय शैयाको अस्पताल निर्माण गरिएको हो । २० बिगाहा जग्गमा निर्माण गरिएको यो अस्पतालले अत्याधुनिक प्रविधिबाट बिपन्न बर्गका जनतालाई सहुलियत शुल्कमा उपचार गर्ने लक्ष्य राखेको छ । अस्पताललाई गैह्र नाफामुलक ढंगबाट सञ्चालन गरिने मण्डलले जानकारी दिनुभयो । जीवन विकास चर्चित लघुवित्त कम्पनी हो ।

प्रतिक्रिया