काठमाडौं – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २४ औं महाधिवेशन सुरु हुँदैछ । नेकपा एमालेको शसक्त जनवर्गीय संगठनको रुपमा रहेको अनेरास्वियुमा यस पटक देखि ३२ वर्षे उमेरको हद तोकिएको छ ।
त्रिभूवन विश्वविद्यालय परिसरमा रहेको अडिरोरियम हलमा आयोजना गरिएको महाधिवेशनलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार दिउसो १ बजे प्रधानमन्त्री ओलीले महाधिवेशन उद्घाटन गर्नुहुनेछ ।
अनेरास्ववियुको अध्यक्ष हुनका लागि यस पटक पाँचजना प्रतिष्पर्धी मैदानमा उत्रिएका छन् । म्याग्दीका प्रकाश पौडेल,डोटीका दिपक धामी,रामेछापका डा.सुरज कडरिया,सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीले आफू नै अध्यक्ष हुनुपर्ने दाबी गरेका छन् ।
एमालेले अखिलमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गराउन प्रयास गरिरहेको छ ।
प्रतिक्रिया