काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता नै शक्तिका श्रोत भएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हाे ।
महासचिव पोखरेलले जनताको हित नै राज्यको कर्तव्य भएको पनि उल्लेख गर्नुभएको छ। त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक भएको उहाँकाे भनाइ छ।
महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्। जनताको हित नै राज्यको कर्तव्य हो। त्यस विपरित चिन्तन र व्यवहार अलोकतान्त्रिक हो।’
प्रतिक्रिया