अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ, त्यसको प्रतिकार गर्न हामी एकजुट हुनुपर्छ: लेखराज भट्ट

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ, त्यसको प्रतिकार गर्न हामी एकजुट हुनुपर्छ: लेखराज भट्ट


कैलाली-नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले पार्टीविरुद्ध घेराबन्दी  र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको घेराबन्दी भइरहेको बताउनुभएको छ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउनुभयो। एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको सचिव भट्टले बताउनुभयो।   

सचिव भट्टले भन्नुभयो, ‘एमाले जनताले रुचाएको पार्टी हो। त्यसैले पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसकारण पार्टीमाथि घेराबन्दी भइरहेको छ। एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ।’

सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनु भयाे । उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष देश निर्माणमा समर्पित हुनुहुन्छ। दिनको २० घण्टा काम गर्नुहुन्छ। यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै सचिव भट्टले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न आह्वान गर्नुभयो।