काठमाडौं-लोकप्रिय गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध हुनुभएको हो।
केन्द्रीय सदस्यबाट माथिल्लो ४९ सदस्यीय सचिवालयमा निर्विरोध हुने उनी एकमात्र उम्मेदवार हुन् ।
बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुहुन्थ्यो।
अनेरास्ववियुको जारी महाधिवेशनमा पदाधिकारीसहित अन्य पदमा सर्वसम्मत गराउने कोसिस भइरहेको छ।
९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया