काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना ब्यक्त नगरेको बताउनुभएको छ।
पूर्व राष्ट्रपति भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेकोप्रति आपत्ती प्रकट गर्दै नेता राईले यी विषयले एमालेमा अन्यौलता सृजना गरेको बताउनुभयो। नेता राई आफू भण्डारीकै जिल्लाबासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने बताउनुभयो। आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको राईले बताउनुभयो।‘
नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ’, राईले भन्नुभयो, ‘आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ।’
चौतारीको पत्रकार भेटघाटमा बोल्दै राईले केही दिन अगाडी उहाँको कोशी प्रदेश भ्रमणका क्रममा अनेक शंसय सृजना भएको बताउनुभयो। आफूहरु पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमलेकै पूर्व उपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत हुनुभएकोले उहाँलाई स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले बताउनुभयो। ’दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो। पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो । त्यसमा देशभरिका महिला जनप्रतिनिधि उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो’ राईले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपथ्र्यो, हामीले स्वागत पनि गर्यौँ । उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो । उहाँलाई हामीले स्वागत गर्नुपथ्र्यो त्यो गर्यौ।’
भण्डारीको अर्को कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम बिर्तामोडको देवी माविमा आयोजना भएको कार्यक्रममा सहभागी हुन भण्डारी कोशी प्रदेश आउनु भएको राईले बताउनुभयो।
राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कर्दै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो। ‘बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन्’ राईले भन्नुभयो, ‘तर उहाँले यस्ता कुराहरु अभिव्यक्त गर्नुभएको छैन।’
पत्रकार भेटघाटमा राईले पूर्व राष्ट्रपति भण्डारी र एमालेको राजनीतिका बारेमा यस्ताे बताउनुभएको थियो:
दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो। पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो। त्यसमा देशभरिका महिला जनप्रतिनिधि, उपाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो। त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। पूर्व राष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपथ्र्यो। हामीले स्वागत पनि गर्यौँ। उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो। उहाँलाई हामीले स्वागत गर्नुपथ्र्यो त्यो गर्यौ।
दोस्रो कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम बिर्तामोडको देवी माविमा आयोजना भएको थियो। सोही कार्यक्रमको समेत उहाँ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। यो प्रदर्शनी पहिलो, ऐतिहासिक र कोशी प्रदेशका सबै जिल्लाका माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। जहाँ अहिलेसम्मका नयाँ नयाँ सोच, सिर्जना,आविष्कार, खोज-अनुसन्धान लगायतको प्रदर्शनी थियो र त्यस्तो कार्यक्रममा उहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँको उपस्थिति स्वभाविक र सान्दर्भिक थियो। यसरी यी दुईवटा कार्यक्रमका लागि उहाँ उपस्थित हुनुभएको कुरा यहाँहरु माझ जानकारी गराउँछु।
अहिले हामी मिडियामा अनेकौं खालका अनुमानरु सुन्ने र पढ्ने गरिरहेका छौँ,यसले पार्टीभित्र पनि अन्यलता र अस्पष्टता निम्त्याइरहेको हामीले महसुस गरिरहेका छौं। के अब फेरि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कफर्कनुहुन्छ? वा फर्कन चाहँदै हुनुहुन्छ ? चाहनुहुन्छ ? त्यसमा पनि अझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूलाई प्रतिस्थापन गरेर उहाँ अध्यक्ष बन्न चाहँदै हुनुहुन्छ वा आउँदै हुनुहुन्छ ? अहिले बजारमा यस प्रकारको कुराले एउटा ठाउँ पाइरहेको कुरा हामीले पाएका छौं। तर अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले एउटा जिल्लावासीको नाताले पनि पार्टीमा लामो समय सँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ। आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ। भोलि पार्टीले त्यो आवश्यकता ठान्यो छलफलको विषय बन्यो। पार्टीले आग्रह गर्ने स्थिति बन्यो भने त्यो सन्दर्भमा उहाँले निर्णायक हुने कुरा हो। तर एउटा सफल राजनीतिज्ञ भएको नाताले, पूर्व राष्ट्रध्यक्ष भएको नाताले देशको राष्ट्रियताको बारेमा, नेपाली जनताको बारेमा, देशको अर्थतन्त्रको बारेमा अहिले भइरहेका विभिन्न प्रकारको गतिविधिहरुका बारेमा चासो राख्नु अत्यन्तै स्वभाविक र सान्दर्भिक कुरा हो। उहाँले नेकपा एमालेलाई पनि सुझाव दिन सक्नुहुन्छ। अन्य राजनीतिक दलहरुलाई पनि सुझाव दिन सक्नुहुन्छ। त्यो हिसाबले उहाँले विभिन्न सन्दर्भमा विभिन्न सान्दर्भिक कार्यक्रमहरुमा सहभागी भइरहनुभएको छ र उहाँसँग धेरै मानिसहरूले संवाद गरिराख्नु भएको छ र गर्न खोजिराख्नु पनि भएको छ। त्यसैले अहिले नेकपा एमालेलाई चौतर्फी रूपमा घेराबन्दी गर्दै आइएको परिस्थितिमा अहिले सम्पूर्ण प्रहारको निशाना केपी ओली र हाम्रो नेकपा एमालेमाथि भइरहेको सन्दर्भमा कसो गर्दा नेकपा एमालेलाई हल्लाउन सकिन्छ, कमजोर पार्न सकिन्छ, मूल मिसनमा अगाडि बढ्न नदिन पार्टीको मनस्थितिलाई बिथोल्नका निमित्त के गर्दा हुन्छ ? कसो भन्दा हुन्छ ? योजनाबद्ध ढङ्गबाट अफवाह चलाइराखिएको छ। अहिलेको पूर्व राष्ट्रपतिज्यूलाई जोडेर यो विषयका माध्यमबाट पनि नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर लागिरहेका हामीले देखेका छौँ तर यो बाहिरी अनौपचारिक प्रचार हल्लामा भयभीत हुनुपर्ने आवश्यकता छैन। यो कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु।
प्रतिक्रिया