अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा जानुभएको छ। प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको हो।

महासचिव भोलिदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत जानुभएको छ।

बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।