अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ: अध्यक्ष प्रचण्ड

सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ: अध्यक्ष प्रचण्ड


काठमाडौं-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध हट्ने बताउनु भएको छ। 

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो। अध्यक्ष दाहालले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराउनु भयो।

लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन्। शुक्रवारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले अवरोध नगर्ने बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरूको मूलभूत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरू केही समयका लागि विरोध गरेरै जान सक्ने बताउनु भयो। 

अध्यक्ष दाहालले भन्नुभयो, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदै छ। हस्ताक्षर हुन्छ, सदन खुल्छ। रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन। तर उहाँहरूका केही अडानका कारणले केही समय उहाँहरू आफ्नो ढङ्गले जानुहुन्छ। तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन।’

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरूको विमति र आरोप नहुने स्पष्ट पार्नुभयो।