काठमाडौँ-प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्नका निम्ति सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग आज छलफल गर्नु भएकाे छ।
आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएकाे सभामुखको सचिवालयले जनाएको छ।
बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल हुनेछ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया