अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार पालीमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको गम्भीर आपत्ति

पत्रकार पालीमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको गम्भीर आपत्ति


काठमाडौँ-प्रेस चौतारी नेपालले पूर्व केन्द्रीय सदस्य एवं ‘नजर अनलाइन’का सम्पादक झलक पालीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

२०८२ सालको जेठ १४ गते डोटीको जोरायल गाउँपालिका-१ का दीपक खडकाको मृत्युबारे समाचार प्रकाशन गरेपछि पत्रकार पालीमाथि स्थानीय स्तरमा भ्रम फैलाउने, दबाब दिने तथा मानसिक रूपले हतोत्साहित गर्ने किसिमका गतिविधि भएको भन्दै प्रेस चौतारीले कडा आपत्ति जनाएको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन श्रमजीवी पत्रकारलाई हतोत्साहित र भ्रमित बनाउने कार्यप्रति खेद प्रकट गर्दै घटनाको छानविन गरी प्रेस अभिव्यक्ति स्वतन्त्रता र पत्रकार पालीलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।’

पत्रकार पालीले प्रहरीसँग संवादका लागि बनाइएको ‘प्रहरीसँग पत्रकार’ नामक फेसबुक म्यासेन्जर ग्रुपमा प्राप्त सूचनाका आधारमा समाचार तयार पार्नुभएको थियो। तर, सोही सूचनालाई आधार मानेर तयार पारिएको समाचारलाई लिएर प्रहरी स्वयमले नै पत्रकार विरुद्ध वातावरण बनाउने काम गरेको भन्दै चौतारीले त्यसप्रति आपत्ति जनाएको हो।