अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व राष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

पूर्व राष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने


काठमाडौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गर्नुभएको छ।  

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएकी पूर्व राष्ट्रपति भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएको सरकारी सेवा सुविधा अबदेखि नलिने बताउनु भएको हो।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको थियो। भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ ।