ताप्लेजुङ-ताप्लेजुङको सिदिङबा गाउँपालिकाको वडा नम्बर- ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर घर पुरिँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।
स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ


प्रतिक्रिया