अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब विजेता घिमिरे सम्मानित


काठमाडौं-आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सफल हुनुभएको छ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको क्लब योजना मध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न उहाँ सफल हुनुभएको हाे। सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ।


आफ्ना अभिकर्ताहरुलाई प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो। सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थिति गराइ हौसल्ला प्रदान गरिएको थियो।

सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यो सम्मान केवल “एभरेष्ट क्लब” मात्र नभइ जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको फल भएको बताउनुभयो।  उहाँले कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको समेत बताउनुभयो। यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउने उहाँले बताउनुभयो।