अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ: परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ: परराष्ट्र मन्त्रालय


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन मद्दत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले प्रेस नोट वाचन गर्दै यस्तो बताउनु भएकाे हाे।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किनुभएकाे हाे।

‘सम्मेलनका क्रममा प्रधानमन्त्रीसँग भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका मित्रराष्ट्रहरूको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’, परराष्ट्र सचिव राईले भन्नुभयाे, ‘साथै नेपाल र संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ।’