अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह

असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिनुभएकाे छ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर सञ्चारमन्त्री गुरुङले एनटिभी वर्ल्डको तयारी भइरहेकोमा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभयाे।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वर्ल्डका कार्यक्रमहरू प्रस्तुत गर्न सुझाव दिनुभयाे । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गर्नुभयाे।

पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटिभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयाे। यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उहाँले जानकारी दिनुभयाे । सीमित स्रोत र साधनकाबिच एनटिभी वर्ल्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उहाँको प्रतिबद्धता छ।

कार्यक्रममा डा टङ्क उप्रेतीले एनटिभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उहाँको प्रस्तुतिमा एनटिभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो।