अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु


काठमाडौं-अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।

घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।