काठमाडौं-नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज साँझ मात्रै हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँको शपथ आज साँझ ६ बजेका लागि तय गरिएको छ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको थियो, तर त्यो समय तीन घण्टाले सारिएको हो।
नवनियुक्त मन्त्री न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए । यसअघिका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो।


प्रतिक्रिया