अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता: अर्थमन्त्री पौडेल

सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताउनु भएकाे छ।

मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५-२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उहाँले बताउनुभयाे ।

नेपालको १६औँ योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने अर्थमन्त्री पौडेलले बताउनुभयाे। यो रणनीतिले निजी क्षेत्रको विकास, कृषिको आधुनिकीकरणमा ध्यान दिएको उहाँले बताउनु भयाे।

रणनीति कार्यान्वयनले गुणस्तरीय रोजगारी सिर्जना गर्ने अर्थमन्त्री पौडेलको विश्वास छ। नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारका तर्फबाट सुशासन र संस्थागत सुदृढीकरणमा काम गरिने उहाँले बताउनुभयाे ।