अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेल हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेल हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट


काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। हिमालय दृष्य रिसोर्टसँग ग्राहकलाई खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको हाे।  

सम्झौतापछि ग्राहकले हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएकाे छ।  

ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्दा सो छुट उपलब्ध हुनेछ।

हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।