काठमाडौं-कामना सेवा विकास बैंकले कमलादी, काठमाडौंस्थित स्काइ वाक नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। बैंकका कर्मचारी र ग्राहकहरुले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको हाे।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।







प्रतिक्रिया