अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल इन्भेटमेन्ट बैंकिङ्गले एनआई ३१ योजना इकाई निष्कासन गर्दै 

नबिल इन्भेटमेन्ट बैंकिङ्गले एनआई ३१ योजना इकाई निष्कासन गर्दै 


काठमाडौं-नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल म्युचुअल फण्डअन्तर्गत दोस्रो खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्कासन गर्ने भएको छ। कम्पनीले २०८२ साउन ३० गतेदेखि २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरू निष्कासन गरिने जनाइएको हो। 

जसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

उक्त ईकाइमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ। यसअघि नै नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।