अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छ: मन्त्री न्यौपाने

सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छ: मन्त्री न्यौपाने


काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिम सोमबारबाट सुरु भएको छ।

उक्त तालिमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई केवल बढुवाका लागि अंक प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्नु भन्दा पनि, यसलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्ने प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री न्यौपानेले हालको अभ्यास अनुसार सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा सामान्यिकरण गरी तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा नल्याउने बताउँदै, सम्भव भएसम्म सेवा समूहअनुसारको आवश्यकता र जिम्मेवारी अनुसारको विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारीबोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पु¥याउनुपर्छ’, मन्त्री न्यौपानेले भन्नुभयो, ‘यसबाट सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खालको बन्छ ।’

मन्त्री न्यौपानेका अनुसार यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पु¥याउनेछ ।

तालिम उद्घाटन कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षक, प्रदेश तथा स्थानीय तहका सहभागी कर्मचारीहरूको उपस्थितिमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुहरूबारे विस्तृत जानकारी गराइएको थियो ।

९८५६०६०७८९