अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण


काठमाडौँ-माछापुच्छ्रे बैङ्कले लिमिटेडले पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा-५ मा अवस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई साउन्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।

विद्यार्थीको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षाको लागि कार्पेटले ठुलो भूमिका खेल्ने भन्दै बैङ्कले उक्त कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयको प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेका थिए र प्रमुख अतिथिको रूपमा बैङ्कका शाखा प्रबन्धक विक्रान्त राणा रहेका थिए।

कार्यक्रममा बैङ्कका सञ्चालक प्रमुख शिबम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, वीरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिति थियो। सोही कार्यक्रमको सञ्चालन ऋषिराम भुसालले गरेका थिए।