अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै


काठमाडौं – दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ ।
बिहान ११ः१५ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र ९एमओयू० तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनालगायत क्षेत्रमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर सकिएपछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बालेन भारतीय प्रधानमन्त्री मोदीले उनको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् ।
दिवा भोजमा सहभागी भएपछि प्रधानन्त्री बालेनले सोमबार दिउँसो ३ः३० बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री बालेन नयाँ दिल्लीबाट दिउँसो ४ः५० बजे काठमाडौं प्रस्थान गर्नेछन् । उनी आजै साँझ ६ः४५ बजेतिर काठमाडौं पुग्नेछन् ।